• १८ असोज २०८२, शनिबार

ताप्लेजुङमा आगलागी हुँदा पाँच लाख बढीको क्षति

blog

आगलागीबाट जलेर ध्वस्त भएको स्थानीय मिलन गुरुङको घर । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, असोज ७ गते ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय मिलन गुरुङको मतान घरमा सोमबार अपराह्न करिब ४ बजे आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको अनुमान गरिएको फुङलिङ नगरपालिका– ६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुरुङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको दुई तले मतान घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीका कारण भने खुल्न सकेको छैन ।

वडाध्यक्ष गुरुङका अनुसार घरमा कोही नभएको समयमा आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थिति नियन्त्रण लिइएको हो । यद्यपि, क्षतिको यकिन विवरण भने सङ्कलन हुन बाँकी रहेको छ ।