• १८ असोज २०८२, शनिबार

धनगढी बस दुर्घटना : घाइते एकको मृत्यु

blog

दुर्घटना भएको बस ।

अविनाश चौधरी

धनगढी, असोज १८ गते । कैलालीको धनगढीमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका –४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको हो ।

धनगढीबाट आज विहान पोखराका लागि हिडेको ग २ ख १९०७ नम्बरको बस धनगढी उपमहानगरपालिका –३ बोराडाँडीमा दुर्घटना भएको थियो । 

दुर्घटना बसमा सवारसहित पैदलयात्री घाइते भएका थिए । दुर्घटनामा परेका १९ जनाको धनगढीको अस्पतालमा उपचार भइरहेको छ । स्कुटी जोगाउने क्रममा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।