गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ४ गते । चालुु आर्थिक वर्ष २०८२/८३ को दुुई महिनामा ३३ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार चालुु आवको साउन–भदौमा २३६ परियोजनामार्फत ३३ अर्ब ९२ करोड ५४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो । अवधिमा स्वचालित मार्गमार्फत एक अर्ब ३६ करोड ८२ लाख रुपियाँ र नियमित रुटमार्फत ३१ अर्ब ७२ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।
सबैभन्दा धेरै कृषि क्षेत्रमा नौ परियोजनामार्फत २१ अर्ब ५९ करोड आठ लाख रुपियाँको लगानी प्रतिबद्धता आएको हो ।
साउनमा सिन्धुुलीमा मासुु फ्याक्ट्री सञ्चालनका लागि सो लगानी प्रतिबद्धता आएको थियो ।
यस्तै पर्यटन क्षेत्रका ७९ परियोजनामा छ अर्ब ६९ करोड २० लाख, सेवामूलक क्षेत्रका १५ वटा परियोजनामा दुुई अर्ब ८१ करोड ५० लाख, उत्पादनमूलक १२ परियोजनामा एक अर्ब २४ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै ऊर्जाको एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार, सूचना प्रविधि क्षेत्रका १२० परियोजना ५६ करोड २७ लाख ५४ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । खनिज र पूर्वाधार क्षेत्रमा भने लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै परियोजना साना लगानीका छन् । यस अवधिमा दर्ता भएका परियोजनामध्ये साना लगानीका परियोजनामार्फत २२५ बढी छन् । मझौला चार र ठुुला सात वटा आयोजना दर्ता भएका छन् ।