• २ असोज २०८२, बिहिबार

जारी–२ को पोस्टर सार्वजनिक

blog

काठमाडौँ, असोज २ गते । चलचित्र ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । उपेन्द्र सुब्बा निर्देशित चलचित्र तिहारको भाइटीकाका अवसरमा कात्तिक ६ गते देशव्यापी प्रदर्शन हुने छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म रामबाबु गुरुङ र मधु मिजार, जीवन गुरुङ हुनुहुन्छ ।