• १३ वैशाख २०८१, बिहिबार

नाटक ‘साबिती’ मञ्चन हुने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १४ गते । चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित नाटक मञ्चन हुने भएको छ । विमल सुवेदीको निर्देशनमा असार १७ देखि १९ गतेसम्म, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो । नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार रहने बताइएको छ । हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समय अनुकूल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । विमल सुवेदी र सुरज सुवेदीले नेपालीमा रूपान्तरण गर्नुभएको हो । 

निर्देशक विमल सुवेदीका अनुसार धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउँछ । उहाँ भन्नुहुन्छ, “यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनीतिक विसङ्गति, शिक्षा र स्वास्थ्यको संवेदनाहीन, कालो व्यापारीकरणलाई उदाङ्गो पारेको छ । नाटकमा सुजन वली र साजनकुमार सुनुवारको पनि अभिनय रहनेछ ।