• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभाबाट तीन विधेयक बहुमतले पारित, अर्को बैठक शुक्रबार बस्ने

blog

काठमाडौं, असार १३ गते । राष्ट्रियसभाको सोमबारको तेस्रो बैठकले तीनवटा विधेयकलाई बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

अर्थमन्त्री शर्माले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री शर्माले राखेका प्रस्तावमा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनवटै विधेयकलाई निर्णायर्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । ती विधेयक अलग–अलग रुपमा प्रस्तुत गरिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।