• २६ भदौ २०८२, बिहिबार

कास्की र म्याग्दी कारागारबाट भागेका चार कैदी पक्राउ

blog

जिल्ला प्रहरी कार्यलय बागलुङको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ २६ गते ।
जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।

कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

जिल्ला कारागार कास्कीबाट भागेका तीन जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै पुरुष हुन् । उनिहरु २२ देखि २७ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ ।