• २२ भदौ २०८२, आइतबार

जिल्ला समन्वय समिति जुम्ला परिसरभित्र सकेट बम फेला

blog

जिल्ला समन्वय समिति परिसरमा भेटिएको बम । तस्बिर: नेत्र शाही

नेत्र शाही
जुम्ला, भदौ २२ गते ।
जिल्ला समन्वय समिति जुम्लाको परिसरभित्र सकेट बम भेटिएको छ । आइतबार बिहान पर्खाल लगाउने क्रममा पुरानो खिया लागेको अवस्थामा सकेट बम भेटिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।

जिल्ला समन्य समितिभित्र सकेट बम भेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी त्यहाँ पुगेको छ । नेपाली सेनाको टोलीले बम निष्क्रिय गर्ने तयारी गरिरहेको छ । नेपाली सेना देवीदत्त गण जुम्लाबाट बम विस्फोटन टोली त्यहाँ पुगेर निष्क्रिय गर्न तयारी गरिरहेको मेजर रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

सकेट बम युद्धकालको हुन सक्ने अनुमान गरिएको छ । वि.सं २०५८ साल कात्तिक २८ गते तत्कालीन विद्रोही नेकपा माओवादीले जुम्ला आक्रमण गरेको थियो । सोही समयको बम हुन सक्ने अनुमान गरिएको हो ।