जानु पाण्डे
कपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा शनिबार मानव कङ्काल फेला परेको छ । स्थानीयले बाणगङ्गा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल देखेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो ।
प्रहरी निरीक्षक लोकेन्द्र जिसीको कमान्डमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक विवरण अनुसार कङ्काल महिला वा पुरुषको हो भन्ने छुट्टाउन नसकिने अवस्थामा भेटिएको हो । प्रारम्भिक अनुसन्धान पछि फेला परेको कङ्काललाई पिपरा अस्पतालमा लगिएको छ ।