• २४ भदौ २०८२, मङ्गलबार

इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

blog

गाजा, भदौ २० गते । इजरायली कब्जा बलले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतले जनाएका छन् । 

गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ । रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् । आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ  ।

गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । अर्को छुट्टै आक्रमणमा, इजरायली ड्रोनले सहरको पश्चिममा विस्थापितको शिविरलार्ई निशाना बनाइ गरेको आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् । हाल गाजा सहर कब्जा गर्ने इजरायली सेनाले घोषणा गरेको अभियानको दोस्रो चरणको रूपमा तीव्र आक्रमण भइरहेको छ । रासस/क्यूएनए