• १९ भदौ २०८२, बिहिबार

अछाममा दुई किशोरी मृत फेला

blog

शिवराज ढुंगाना 

अछाम, भदौ १९ गते । तुर्माखाँद गाउँपालिका–६ रानिवनकी दुई किशोरी मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बेलुकीबाट सम्पर्कविहिन भएकी दुई बालिका सोही वडाको चाका भन्ने स्थानमा आज मृत फेला परेकी घटनास्थलमा रहेका वडा अध्यक्ष टिकाराम जैसीले जानकारी दिनुभयो । 

मृत फेला पर्नेमा रानिवन निवासी सर्पे कामीकी छोरी १५ वर्षीया साउनी विक र कमल विककी १२ वर्षीया प्रेमकला विक रहेकी छन् । मंगलबार बेलुकी करिब ५ बजेतिर घरबाट सम्पर्कविहिन भएकी किशोरी आज बिहीबार रुखको एकै हागामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । मृतक किशोरी एकै बाजेका नातीका छोरीहरु रहेको बताइएको छ । 

घटनाको बारेमा मुचुल्का बनाउन थप अनुसन्धानको लागि अछाम प्रहरीको टोली पुगिसकेको वडा अध्यक्ष जैसीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मंगलसेन, कमलजार इलाका प्रहरी कार्यालय र रानीवन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा रहेको बताइएको छ ।   

मुचुल्कापछि शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने भएको छ ।