• १९ भदौ २०८२, बिहिबार

आरएस रिसोर्ट महिला लिगमा छनोट

blog

गोल गरेपछि आरएस रिसोर्ट एन्ड बिच फुटबलका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ १९ गते । आरएस रिसोर्ट एन्ड बिच फुटबल एन्फा महिला लिगमा छनोट भएको छ ।

च्यासल रङ्गशालामा बिहीबार भएको खेलमा स्टुडेन्स फुटबल क्लबलाई ४–१ गोलले हराउँदै आरएस स्पोर्ट्स क्लब लिगमा छनोट भएको हो ।

आरएस रिसोर्टको जितमा सरिता विकेले दुई गोल गर्नुभयो । विपना परियार र सलिना सरुले एक एक गोल गर्नुभयो । स्टुडेन्सकी बसन्ती खुलालले सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको आरएस रिसोर्टले ६ खेलबाट १५ अङ्क बनाएको छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ ।

सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।