• १७ भदौ २०८२, मङ्गलबार

पक्की पुल बगाएपछि तीन दिनदेखि सडक बन्द

blog

सुनकोशी गाउँपालिका–३ र ४ स्याँलेस्थित बाढीले बगाएको पुल र वाल । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार 
सिन्धुपाल्चोक, भाद्र १७ गते ।
स्याँलेखोलाको भीषण बाढीले सुनकोशी गाउँपालिका–३,४ र ५ नम्बर जोड्ने पक्की पुल बगाएको छ । असार १५ गते रातिको भीषण वर्षातले स्याँलेखोलामा आएको बाढीले पुल बगाएको हो ।

त्यसकारण तीन दिनदेखि सम्पूर्ण यातयातका साधान ठप्प भएका छन् । ५५ लाख लागतमा निर्माण भएको पुल बगाएपछि यमुनाडाँडा, सुनखानी पुग्ने यातयातका साधान ठप्प भएको वडा सदस्य राजु खड्काले पीडा सुनाउनुभयो । सुनकोशी गाउँपालिकाको लाइफलाइन मानिने पुल बगाएपछि स्थानीयहरु अन्यत्रको बाटो पैदल यात्रा गर्न बाध्य छन् ।

साथै केही समयअघि स्याँलेखोलामा चार वटा हिमपाइप बिछ्याएर पुल निर्माण गरिएको थियो । साथै तीन महिनाअघि निर्माण गरिएको पुल नजिकै रहेको वाल पनि बाढीले बगाएको छ । गएको असार महिनामा सडक स्त्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले स्याँलेखोलामा सडक उठाउन १० लाख बजेट दिएको थियो । तर तीन महिना नै उक्त वाल टिक्न नसकेको वडा सदस्य राजु खड्काले जानकारी दिनुभयो । उक्त वाल असार ४ गते निर्माण सुरु भएर असार १० गते निर्माण सम्पन्न गरिएको थियो ।