• १६ भदौ २०८२, सोमबार

पोखरालाई रनिङ शिल्ड उपाधि

blog

उपाधि विजेता पोखराका खेलाडी । तस्बिर : गोरखापत्र

नवीनराज कुइँकेल

लमजुङ, भदौ १६ गते । लमजुङको मध्यनेपाल नगरपालिकास्थित संयुक्त भोर्लेटार क्लबद्धारा आयोसिजत प्रथम ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बौद्ध शान्ति क्लब पोखराले हात पारेको छ ।

ग्रीन भ्याली क्लब रानीपानीलाई २–० गोलले हराउँदै बौद्ध शान्ती क्लब रामघाट पोखराले उपाधि उचालेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । 

दोस्रो हाफमा बौद्ध शान्ती रामघाट पोखराले लगातार दुई गोल गर्दै च्याम्पियन बन्यो । उपाधिसँगै उसले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता ग्रीन भ्याली क्लबले एक लाख रुपियाा पायो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी ग्रीन भ्याली क्लबका जितेश गुरुङ, सर्वाधिक गोलकर्तामा बौद्ध शान्ति क्लब रामघाटका सुरज चौधरी तथा सोही क्लबका राज गुरुङले उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत हुनुभयो । 

उहाँहरूले जनही पाँच हजार रुपियाँ पाउनुभयो । प्रतियोगितामा १५ टोलीले भाग लिएका थिए । विजेतालाई मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले पुरस्कार वितरण गर्नुभयो ।