• १६ भदौ २०८२, सोमबार

पहिरो पन्छाएर सडक सुचारु

blog

अवरुद्ध भएको सडक खुलाइँदै ।

गुणबहादुर रोका

सुलीकोट, भदौ १६ गते । उत्तरी गोरखाको माछीखोला लार्के सडक खण्डमा पहिरो पन्छाएर सडक सुचारु गरिएको छ । धार्चे गाउँपालिका –५ खानीबेशी र माछीखोला सडक खण्डहरुमा ढुंगा र माटोलाई पन्छाएर अबरुद्ध भएको सडक धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी सडक सुचारु गरिएको हो ।  

तीन दिनदेखि अबरुद्ध भएको सडक सोमबार २ बजे मात्र सुचारु भएको हो । सडक सुचारु भएपछि धार्चे गाउँपालिकाको माछीखोलाबाट चुमनुब्री गाउँपालिकाको लागि छुटेका बोलेरोहरु खाद्यान्न लिएर अघि बढेको धार्चे गाउँपालिकाले जनाएको छ ।

तीन दिनदेखि परेको अबिरल बर्षाका कारण उत्तरी गोरखाका ग्रामीण इलाकामा चल्ने सवारी साधनहरु पूर्ण रुपमा ठप्प भएकाले उत्तरी गोरखाका अधिकांश वडाहरुमा पहिरोले सडक अवरुद्ध गरेकाले खुलाउन ढिला भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमाथिबाट ढुंगा धेरै ठाउँमा झरेकाले अत्याबश्यक बाहेक यात्रा नगर्न पालिकाबासीलाई आग्रह गर्नुभयो ।