• १६ भदौ २०८२, सोमबार

आर्सनललाई हराउँदै लिभरपुल शीर्षस्थानमा

blog

गोल गरेपछि लिभरपुलका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, भदौ १६ गते । साविक विजेता लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई १–० गोलले हरायो । लिभरपुलको कठिन जितमा डोमोनिक स्जोबोस्जलाइले ८३औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।

जितसँगै तीन खेलमा अपराजित लिभरपुलले नौ अङ्क बनाएको छ । पहिलो हार खेपेको आर्सनलको समान खेलबाट ६ अङ्क छ ।

आइतबार राति नै भएको अन्य खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २–१, क्रिस्टल प्यालेसले एस्टन भिल्ला र  वेस्टह्याम युनाइटेडले नटिङ्घम फरेस्टलाई समान ३–० गोलले पराजित गरेको छ । एजेन्सी