• १२ भदौ २०८२, बिहिबार

गोरखा कप भलिबलको छात्र–छात्रा दुबै उपाधि गोरखा मावि घोराहीलाई

blog

विजयी टिमलाई पुरस्कार हस्तान्तरण गर्नुहुँदै घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढा । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 
दाङ, भदौ १२ गते  ।
गोरखा कप भलिबल २०८२ को उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले हात पारेको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको छात्र र छात्रातर्फको दुबै उपाधि आयोजक विद्यालयले नै हात पारेको हो ।

छात्र र छात्रातर्फको दुबै खेलका फाइनलमा गोरखा मावि घोराहीले गोरखा मावि तुलसीपुरलाई २–० विरुद्ध सोझो सेटमा पराजित गरी विजयी भएको हो । दुबै खेलमा गोरखा मावि तुलसीपुरले दोस्रो स्थान हात पारेको छ ।

प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत गोरखा मावि घोराही, तुलसीपुर, लमही र भालुबाङका छात्र–छात्रा खेलाडीहरुको सहभागिता रहेको थियो । खेलमा उत्कृष्ट खेलाडीको रुपमा छात्रातर्फ गोरखा मावि तुलसीपुरकी अनिषा थापा, उत्कृष्ट स्पाइकर गोरखा मावि घोराहीकी अनिता पुन, छात्रतर्फ उत्कृष्ट खेलाडी गोरखा मावि घोराहीका सन्देश डिसी र उत्कृष्ट स्पाइकर गोरखा मावि तुलसीपुरका पवन ओली भएका थिए । खेलमा कृष्ण डाँगी र धनमाया बोहराले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता र घोराही उपमहानगरपालिका– १८ का अध्यक्ष भानसिंह बुढा मगरको प्रमुख आतिथ्यमा उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । उद्घाटन कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य महेन्द्र अधिकारी र घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले शुभकामना दिनुभएको थियो ।

विद्यालयका प्रिन्सिपल मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो । गोरखा ग्रुपको शैक्षिक क्यालेन्डरअनुसार तुलसीपुरमा फुटबल, घोराहीमा भलिबल र लमहीमा क्रिकेट खेल हुने सो ग्रुपले जनाएको छ ।