होमराज रानाभाट
देबचुुली, भदौ १० गते। नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले नवलपुर जिल्लालाई नमुना बनाउन सक्रिय भएको बताउनुभएको छ। तिजको अवसरमा नवलपुुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। विगत २० वर्षदेखि जनताले विश्वास गरेको भन्दै उहाँले जिल्लालाई नमुना बनाउनुपर्ने बाध्यता रहेको बताउनुभएको हो।
जग्गा प्राप्ति र भोगाधिकारका लागि लामो समय लागेको ट्रमा सेन्टरको निर्माण सुरु भएपछि नवलपुरका जनतालाई विगत १५ वर्षदेखि ट्रमा सेन्टरका लागि देखाएको सपनाले अब मुर्त रुप लिन लागेको डा. कोइरालाले बताउनुभयो।