• १६ चैत २०८०, शुक्रबार

काष्ठकलाका कालिगड कालो तिरुवा सम्मानित

blog

काष्ठकलाका कालिगड कालो तिरुवा, तस्बिर – नेत्र शाही

नेत्र शाही 

जुम्ला, असार ११ गते । जुम्ला हिमा गाउँपालिका कालिगड कालो तिरुवा सम्मानित हुनुभएको छ । १२ औँ गाउँसभाको क्रममा तिरुवालाई हिमा गाउँपालिकाले सम्मान गरेको हो । 

पर्यटकले एक पटक तस्विर खिचेर जाने चिउडी साँघुमा रहेका कलात्मक काष्ठकलाका चित्र बनाउने देखि विभिन्न काठका कलात्मक कामहरु गर्दै आउनुभएका ज्येष्ठ नागरिक कालो तिरुवा सम्मानित हुनुभएको हो । 

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले दोसल्ला, प्रमाणपत्र र तीन हजार रुपियाँसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो । 


सम्मानित तिरुवाले आफ्नो पेशाको सम्मान भएको समेत बताउनुभयो । आफूले पञ्चायत र बहुदलदेखि हालसम्म हस्तकलाका कलात्मक काम गरेको बताउनुभयो ।  

हिमा ७ चिउडी निवासी स्थानीय हस्तकला कालिगड  तिरुवा अहिले ६५ वर्षको हुनुभयो । 

उहाँले जुम्लामा विगतमा राजाको आगमन हुँदा काठका मुलगेटहरु बनाउनेदेखि धार्मिकस्थलमा काठका गेटहरु बनाउने गर्नुहुन्थ्यो । 


१२ औ गाउँसभाले केही कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । गाउँपालिकाका नायव सुब्बा लोकप्रसाद उपाध्याय, वडासचिव कात्तिक रोकाया, स्वास्थ्यकर्मी टेकबहादुर बुढा, प्राथामिक स्वास्थ्य केन्द्रका कर्मचारी परेक शाही, गाउँपालिकाका जयरुप शाहीलाई सम्मान गरिएको छ । 

गाउँपालिकाले रारा सिञ्जा सडकमा ५० हजार विरुवा रोप्ने तथा हिमा नदीलाई हरित नदीको आधार तयार गर्ने नीति ल्याएको छ ।