• ९ भदौ २०८२, सोमबार

मुख्यमन्त्री शाह र पृतनापति केसीबिच भेटवार्ता

blog

नेपाली सेनाका पृतनापति किरण केसीलाई स्वागत गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिरः मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, भदौ ९ गते । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका सुदूरपश्चिम पृतनापति (उपरथि) किरण केसीबिच आज भेटवार्ता भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुवैबिच भेटवार्ता भएको हो । भेटघाटको क्रममा सेनाले प्रदेश सरकार र प्रदेश सरकारले सेनालाई सहयोग गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताउनुभयो । 

हालै सरुवा भएर सुदूरपश्चिम प्रदेश आउनु भएका पृतनापति केसीलाई मुख्यमन्त्रीले स्वागत गर्नुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभयो ।