बोमलाल गिरी
नवलपुर, भदौ ९ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ८ मौलाकालिका होटल अगाडि घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान सडकको बिचभागमा लडिरहेको अवस्थामा फेला परेकोमा पुरुषको उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
मृतक नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सी निवासी ७४ वर्षीय रत्नबहादुर पौडेल रहेको उहाँका भान्जा नाता पर्ने कर्णबहादुर रानाले सनाखत गरेको नेपालले जानकारी दिनुभयो ।
घटनास्थलमा शिशाका ससाना टुक्राहरु समेत फेला परेकाले सवारी साधनले ठक्कर दिएको हुन सक्ने आशङ्कामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।