• ९ भदौ २०८२, सोमबार

पुस्तकालयसम्बन्धी कार्यशाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते । १८ औँ पुस्तकालय दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा आइतबार ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चित्रकला र पुस्तकालयलाई परस्पर परिपूरक भन्दै कलाकारलाई पुस्तक अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । पुस्तक अध्ययनले चित्रकला अझ सरल र सशक्त हुने मन्त्री पन्तको भनाइ थियो ।  प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले पुस्तकालय चेतना विकासको मूल आधार भएको बताउँदै यसलाई सबैको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रतिष्ठानले यस्ता सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने जानकारी दिनुभयो ।

सभाध्यक्ष तथा बहुआयामिक तथा सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले चित्रकलाले शिक्षामा महìवपूर्ण योगदान दिने उल्लेख गर्दै बालबालिकाको अध्ययन यात्रा चित्रमार्फतै सुरु हुने तथ्य स्मरण गराउनुभयो । प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालय प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालय प्रमुख यादवचन्द्र निरौला, सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कलाकारहरू रवीन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देसार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिषसिं गोलेलगायतले सहभागिता जनाउनुभएको थियो ।