• ८ भदौ २०८२, आइतबार

कालीगण्डकी नदी किनारमा चित्रकला

blog

कालीगण्डकी नदीको किनारमा सुन्दरतालाई चित्रमा उर्तानुहुँदै बागलुङका चित्रकार मछिन्द्र शाक्य र मिलन खत्री। तस्बिरः नवराज नेपाली

नवराज नेपाली

बागलुङ, भदौ ८ गते। कालीगण्डकी नदी उर्लदो छ। त्यसको पश्चिम किनारामा छन् बागलुङका दुई चित्रकार मछिन्द्र शाक्य र मिलन खत्री। 

उहाँहरु कालीगण्डकी नदीको सुन्दरतालाई चित्रमा उतारिरहनुभएको छ। कालीगण्डकीको गडगडाउँदो छाल, नागबेली बनेर बगेको नदी, हरिया डाँडाकाँडा, नीलो आकाशलाई चित्रमा उतार्नु उहाँहरुको काम हो। 

चित्रकलामा पवित्र कालीगण्डकीको सुन्दरता मात्र पोखिएको छैन। साँघुरिएको गण्डकीको पीडा पनि छ। 

चित्रकार मिलन खत्री कालीगण्डकी नदी मानव सभ्यतासँग जोडिएको बताउनुहुन्छ। भगवान् विष्णुको रुपमा पुजिने शालिग्रम यही नदीमा पाइन्छ। धार्मिक व्यक्तिले पवित्र नदीका रुपमा पूजा गर्छन्।