• ८ भदौ २०८२, आइतबार

स्याङ्जामा जिप दुर्घटना : १५ जना घाइते

blog

दुर्घटनाग्रस्त जिप ।

राधाकृष्ण डुम्रे

वालिङ (स्याङजा) भदौ ८ गते । स्याङ्जामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । स्याङ्जाको गल्याङदेखि कालीगण्डकी गाउँपालिकाको कोटाकोटतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरकाे बोलेरो-जिप कालीगण्डकी गाउँपालिका–७ मिर्मी आरुचौरमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट झण्डै ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख  दधिराम न्यौपानेले जानकारी दिनुभयो । घाइतेको कालिगण्डकी अस्पताल मिर्मीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।