• ६ भदौ २०८२, शुक्रबार

चौथो हिले ब्याडमिन्टन प्रतियोगिता सुरु

blog

प्रतियोगिता अन्तर्गत दुई टिमबिच प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।

कविराज घिमिरे 

हिले, भदौ ६ गते । धनकुटाको हिलेमा चौथो हिले ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपाल हिले ब्याडमिन्टन क्लबको सहयोगमा हिलेस्थित हिले ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिता प्रदेशस्तरीय भेट्रान मेन्स डबलमा, मेन्स डबल बि लेबल मेन्स डबल र उमेन डबलमा गरी चार इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा २८, बि लेबल मेन्स डबलमा ३२ र भेट्रानतर्फ १३ र उमेन डबलतर्फ ५ टिम गरी कुल ६८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष आशिष गोङ्वाले जानकारी दिनुभयो ।  

दुई दिन सञ्चालन हुने सो प्रतियोगितामा मेन्स डबल तथा भेट्रान तर्फका विजेताले ३१ हजार उपविजेताले १७ हजार तथा तेस्रो हुनेले पाँच पाँच हजार रुपियाँ हात पर्ने छन् । त्यस्तै बि लेबल मेन्स डबल तर्फका विजेताले २० हजार उपविजेताले १० हजार तथा तेस्रो हुनेले तिन तिन हजार रुपियाँ ३२ र तर्फका विजेताले पाँच हजार र उपविजेताले तिन हजार हात पार्ने क्लबका सचिव सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्नुभयो ।