काठमाडौँ, भदौ ६ गते। टप एण्ड टी–२० सिरिजमा आज नेपाल र पाकिस्तानको प्रतिस्पर्धा जारी छ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ। ११ औँ ओभरको समाप्तिमा नेपालले ६ विकेट लिएको छ। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट हात पार्नुभएको हो।
११ औं ओभरको समाप्तिमा पाकिस्तानले ६ विकेटको क्षतिमा ६२ रन बनाएको छ।
शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ। पाकिस्तान भने ६ अङ्कसहित दोस्रो स्थानमा छ।