• ६ भदौ २०८२, शुक्रबार

टप टी-२० सिरिजः पाकिस्तानविरुद्ध नेपालको कसिलो बलिङ, नौ ओभरको समाप्तिमा चार विकेट गयो

blog

काठमाडौँ, भदौ ६ गते । टप एण्ड टी–२० सिरिजमा आज नेपाल र पाकिस्तानको प्रतिस्पर्धा जारी छ । 

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ । नौ ओभरको समाप्तिमा नेपालले चार विकेट लिएको छ ।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट हात पार्नुभएको हो । 

नौ ओभरको समाप्तिमा पाकिस्तानले चार विकेटको क्षतिमा ५२ रन बनाएको छ । 

शृङ्खलामा सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान भने ६ अङ्कसहित दोस्रो स्थानमा छ ।