• ६ भदौ २०८२, शुक्रबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

blog

काठमाडौँ,  भदौ ६ गते । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु. दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ । 

बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु. दुई हजार २९० मा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस