• ६ भदौ २०८२, शुक्रबार

धुल्लुबाँस्कोटमा कृषि ज्ञान केन्द्र बागलुङको अनुगमन

blog

खुर्सानी वालीमा नयाँ रोग थपिएको समस्याको कृषिबारेमा किसानहरुसँग छलफल गर्दै कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक टोली । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ६ गते ।
बागलुङको बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोट लिउँवामा  कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा कृषि बालीमा समस्या समाधान तथा प्रविधिक पृष्ठपोषणका लागि प्राविधिक समूह अनुगमन गरिएको छ  ।

वागवानी विज्ञ तथा वागवानी अनुसन्धान केन्द्र पोखराका अधिकृत सरोज अधिकारीले कृषि व्यवसायमा आत्मनिर्भर, रोजगारीका अवसर र तरकारी किसानले उत्पादन गर्दा भोग्दै आएका समस्यालाई पहिचानसहित समाधान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तरकारी खेतीमा माटो, रोग, किराबाट आइपर्ने समस्याबारे उपस्थित कृषहरुलाई  जानकारी गराउनुभएको थियोे ।

उत्पादनमा आकर्षण बढाउन माटो र तरकारीमा लाग्ने किरा, रोग नियन्त्रण नै प्रमुख समस्या रहेको कारण बरेङ गाउँपालिकाले हालसालै मात्र उत्पादन गरेको डल्ले खुर्सानी बालीमा समस्या आएकोले बालीमा भोग्दै आएका विविध समस्याबारे कृषि वैज्ञानिक र कृषि प्राविधिकबिच छलफलसहित समाधानको बाटो खोज्नु पर्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बागलुङका वाली संरक्षण अधिकृत सन्तोष अधिकारीले किराबाट वालीलाई जोगाउने उपाय, रोग व्यवस्थापन तथा उत्पादनका नाममा जथाभाबी मात्रामा रासायनिक विषादीको प्रयोग भइरहेकाले यसको नियन्त्रण गर्न कृषकलाई चेतनामूलक कार्यक्रम र कृषि प्राविधिकहरुको निरन्तर बालीमा निगरानी रहनु पर्ने बताउनुभयो थियोे ।

कार्यक्रममा बरेङ गाउँपालिका कृषि शाखा प्रमुख सोमराज रावतले खुर्सानी वालीमा नयाँ रोग थपिएको समस्याको बारेमा रोकथामको लागि उपस्थित बाली विज्ञहरुसँग छलफल गर्नुभएको थियोे ।

उक्त अनुगमन कार्यक्रममा जनप्रतिनिधि, कृषकहरुको उपस्थितिमा कृषि क्षेत्रमा आएको पछील्ला समस्याहरुको विषयमा एक आपसमा छलफल गरिएको थियोे ।