• ६ भदौ २०८२, शुक्रबार

खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला

blog

इस्मा गाउँपालिका–१ राहले घर भएका ५३ वर्षीय मानबहादुर कुमालको शव । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, भदौ ६ गते ।
गुल्मीको छल्दी खोलाले बगाएर फालेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।  इस्मा गाउँपालिका–१ राहले घर भएका ५३ वर्षीय मानबहादुर कुमालको शव खोला किनारमा फेला परेको जिल्ला कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अघिकारीले जानकारी दिनुभयो ।  

बुधबार रातिदेखि घरबाट हराएका कुमालको शव शुक्रबार बिहान इस्मा गाउँपालिका–२ को छल्दी खोला किनारमा फेला परेको अधिकारीले बताउनुभयो । स्थानीय माछा मार्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटना मुचुल्कासहित अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।