• ४ भदौ २०८२, बुधबार

महानगरका सडक कालोपत्रे

blog

चितवनको भरतपुरमा निर्मित आकर्षक सडक ।तस्बिर : शान्ता अधिकारी

भरतपुर समाचारदाता

चितवन, भदौ ४ गते । भरतपुर महानगरपालिकाले आठ वर्षको अवधिमा एक हजार ६५० किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको छ । महानगरले उज्यालो भरतपुर अभियान अन्तर्गत २३० किलोमिटर मुख्य सडक क्षेत्रमा स्मार्ट लाइटसमेत जडान गरिरहेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार विकासको पहिलो आधार नै सडक सञ्जाल भएकाले सडकलाई प्राथमिकतामा राखिएको हो । उहाँले आफ्नो पहिलो कार्यकालको पाँच वर्षमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेको र दोस्रो कार्यकालको तीन वर्षमा थप ४४२ किमी सडक कालोपत्रे गर्ने काम सम्पन्न गरिएको बताउनुभयो । पछिल्लो समय सडककै कारण महानगरका सबै वडामा आवागमनमा सहजता भएको छ । 

केही वर्षयता भौतिक विकाससँगै मानवीय विकासतर्फ महानगरले पाइला चालेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुरको विकासका बारेमा मलाई बोल्न नलगाउनुहोस् । जो, जसले भरतपुरबारे चासो राख्छ, उसैलाई सोध्दा हुन्छ यहाँको विकासका बारेमा । कुनै समय यस्तो पनि थियोभन्दा अचम्म मान्नुपर्ने हुन्छ, गीतानगरको मानिस मेघौली जान चौबिसकोठी आउनुपर्ने अवस्था थियो ।” 

अहिले भने अवस्था फेरिएको छ । भरतपुरको १ देखि २९ वडासम्म आधा घण्टामा पुग्न सकिन्छ । पक्की सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । महानगरसँगै यहाँ सङ्घ र प्रदेश सरकारमार्फत झन्डै दुई सय किमी सडक कालोपत्रे गरिएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–पुलचोकदेखि गोन्द्राङसम्मको छ किलोमिटर सडक निर्माण पूरा भइसकेको छ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास सडकमा स्मार्ट लाइटिङ र हरियालीसहित सौदर्यीकरण गरिएको छ । 

पहिलो चरणको स्मार्ट लाइटको काम ८० किलोमिटरमा सम्पन्न भइसकेको र थप १५० किलोमिटरमा काम भइरहेको छ । महानगरले सडकका ठुला र महìवपूर्ण चोकमा हाइमास्ट र अन्य चोकमा मिनी हाइमास्ट लाइटको व्यवस्था गरेको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्म, बाइपास सडक, हुलाकी सडक, चव्रmपथ निर्माणका लागि सङ्घीय सरकारसँगको पहलमा निर्माण भएको हो । महानगरभित्र मङ्गलपुर–शिवनगर, पार्वतीपुर–शुव्रmनगर हुँदै तेलौलीसम्मको २१ किलोमिटर सडक सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चव्रmपथ ८८ किलोमिटर छ ।