सन्तोष दहित
दाङ, भदौ ४ गते । जापानिज इन्सेफलाइटिसको सङ्क्रमणका कारण दाङमा एक महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–१ निवासी ६० वर्षीय एक पुरुषको जापानिज इन्सेफलाइटिसको सङ्क्रमित भई मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय दाङले पुष्टि गरेको छ ।
साउन १८ गते इन्सेफ्लाइटिस सङ्क्रमण भएपछि उपचारका लागि बुटवल लगेको र उपचारकै क्रममा भदौ २ गते मृत्यु भएको जिल्ला स्वास्थ कार्यलय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
उहाँको अनुसार दाङमा थप तीन जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर–१२ की २६ वर्षीया महिला, गढवा–६ का ३६ वर्षीय पुरुष र राप्ती गाउँपालिका ११ वर्षीय बालक रहेका उहाँले जानकारी दिनुभयो ।
सङ्क्रमित एक जनाको कोहलपुर र एक जनाको चितवन मेडिकल कलेजमा उपचारका भइरहरहेको चन्दले बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारत एक बालकको भने मङ्गलबार डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।