• ३ भदौ २०८२, मङ्गलबार

खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबिच कार्यसम्पादन सम्झौता

blog

काठमाडौं, भदौ ३ गते । खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबिच आज आर्थिक वर्ष २०८२-८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।

चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव बज्राचार्यले मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नुभएको हो।

सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२-८३ मा गरिने कार्यसम्पादन छिटो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । रासस