काठमाडौँ, भदौ ३ गते । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ को एकल अग्रता कायम गरेको छ । चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अङ्कसाथ शीर्ष स्थानमा छ ।
पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अङ्कसाथ दोस्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल ३५ अङ्कसाथ तेस्रो, खोल्चा पुखु खेलकुद समिति ३४ अङ्कसाथ चौथो, होप्स टेबलटेनिस एकेडेमी ३२ अङ्कसाथ पाँचौँ र कीर्तिपुर नगरपालिका ३२ अङ्कसाथ छैटौँ स्थानमा छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा यल टेबलटेनिस र द ड्रागन्स टेबटेनिस क्लबले समान २५–२५ अङ्क बटुलेका छन् । ओल्ड रेस्ट्रो र भोर्टेक्स नेपाल टेबलटेनिस क्लबको समान २४–२४ अङ्क छ ।