• ३ भदौ २०८२, मङ्गलबार

करेन्ट लागेर किशोरीको मृत्यु

blog

करेन्ट लागेर मृत्यु भएकी निसीखोला गाउँपालिका–३ बोहरागाउँकी कृष्णकुमारी चन्द।

अर्जुन काकी

काठेखोला (बागलुङ), भदौ ३ गते। बागलुङको निसीखोला गाउँपालिका३ बोहरागाउँमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

सोमबार साँझ मोबाइल चार्ज गर्ने क्रममा नजिकैको नाङ्गो तार छोइएपछि करेन्ट लागेर बोहरागाउँकी १९ वर्षीया कृष्णकुमारी चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनुभयो। प्रनि बस्नेतले करेन्ट लागेपछि घटनास्थलमै चन्दको मृत्यु भएको बताउनुभयो।

मुसाले काटेको तारका कारण करेन्ट लागेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि बुर्तिबाङ अस्पताल पु¥याइएर पछि परिवारको जिम्मा लगाइएको छ। हालै मात्र कक्षा १२ उत्तीर्ण गरेकी चन्दको असामयिक निधनले गाउँ शोकाकुल भएको छ।