• ४ भदौ २०८२, बुधबार

नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३ गते । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुनुभएको छ । उहाँलाई २०८२ भदौ १ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको कोषले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपिए गर्नुभएका घिमिरेले नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गर्नुभएको हो । 

उहाँसँग केन्द्रीय बैङ्कमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैङ्किङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेको अनुभव छ ।