• २ भदौ २०८२, सोमबार

सप्तरीमा डुबेर वृद्धको मृत्यु

blog

घटनास्थल । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, भदौ २ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय सीतापुर गाउँकी लालु सदाकी ७२ वर्षीया श्रीमती सजनी सदाको खेतमा खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । 

जर्मन पोखरी छेउमा पश्चिम स्थानमा स्थानीय राजेन्द्र साहको खेतमा खनेको खाल्डोमा जमेको पानीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सदा डुबेको प्रहरीलाई जानकारीपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्दा सदा पानीमा डुबेको अवस्था मृत फेला परेको थियो । स्थानीय २ नम्बर वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार उनी सधैं जर्मन पोखरी र नजिकै रहेको खेतको खाल्डाखुल्डीमा घोङ्गी टिप्ने गर्थिन् ।  

घोङ्गी टिप्ने क्रममा डुबेर सदाको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष चौधरीले बताउनुभयाे ।

स्थानीय मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरी मृतक सदाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।