नागेन्द्रकुमार कर्ण
महोत्तरी, भदौ १ गते । जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको जानकारी दिनुहुँदै कारागार प्रमुख क्षेत्रीले उपचारकै क्रममा उहाँको मृत्यु भएको जानकारी दिनुभयो । उहाँको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।