• १५ वैशाख २०८१, शनिबार

मानव बेचबिखन र ठगी नियन्त्रणबारे सचेतना

blog

वैदेशिक रोजगारबारे प्रहरीसँग सचेतना कार्यक्रममा सहभागी ।

बागलुङ, असार १० गते । वैदेशिक रोजागारको नाममा हुने मानव बेचबिखन र ठगी नियन्त्रणका लागि प्रहरीसँग छलफल कार्यक्रम सञ्चालन गरिएको छ । बीवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत अन्तक्र्रियामा वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखनका गतिविधि र आकर्षक कमाइको नाममा हुने ठगी धन्दाबारे छलफल गरिएको हो । 

जिल्ला तहमा बिनाइजाजत मेनपावर व्यवसाय सञ्चालन गर्ने, युवालाई विदेश पठाउने बहानामा अलपत्र पार्नेजस्ता क्रियाकलाप नियन्त्रण गर्नका लागि प्रहरीले निगरानी बढाउनुपर्ने वैदेशिक रोजगारी बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले बताउनुभयो । वैदेशिक रोजगारको नाममा हुने ठगी नियन्त्रण विषयमा प्रहरी र वैदेशिक रोजगार विभागबीच भएको सम्झौताअनुसार काम गर्न सके जिल्ला तहमै पीडितले न्याय पाउने उहाँको भनाइ थियो । 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले आर्थिक ठगी, मानव बेचबिखनजस्ता गतिविधिबाट पीडितलाई न्याय दिलाउन प्राकृतिक न्यायको सिद्धान्तलाई आधार मानेर सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो । वैदेशिक रोजगारको ठगी प्रहरीको क्षेत्राधिकारभित्र नपरे पनि न्यायका लागि तालुक निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने उहाँको भनाइ छ । 

“विदेश पठाउने नाममा ठगी हुनेक्रम बढ्दो छ,” उहाँले भन्नुभयो, “क्षेत्राधिकारबाहिरको विषयलाई पनि कानुनी दायरामा ल्याउन सहयोग गर्छौं ।” प्रमाण जुटाउने, आरोपितलाई सम्बन्धित निकायसम्म पु¥याउनेजस्ता काममा सहयोग गर्न सकिने प्रनाउ रानाको भनाइ छ । 

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा सामी परियोजना सञ्चालित छ । स्थानीय युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श, निःशुल्क कानुनी सेवा, सीप तालिम, मनोसामाजिक परामर्श तथा वित्तीय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनस्र्थापनाको काम गर्दै आएको बीवाईसी अध्यक्ष मणि शर्माले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारको नाममा हुने 

ठगीमा आवश्यक प्रमाण जुटाउने तथा एजेन्टको खोजीमा प्रहरीको सहयोग आवश्यक हुने परियोजनाका संयोजक मीनप्रसाद उपाध्यायको भनाइ छ । वैदेशिक रोजगार ऐन–२०६४ को व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयलाई प्राप्त अधिकारको प्रयोगमा प्रहरी सहयोग भूमिका निर्वाह गर्न सक्छ । 


Author

नवीन शिशिर विक