• १२ असोज २०८१, शनिबार

नेप्से परिसूचक उच्च अङ्कले गिरावट

blog

काठमाडौं, असार ९ गते । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अङ्कले गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ४५.२५ अङ्क घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अङ्कले घटेको छ ।

बिहीबार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख नौ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ ।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बिहीबार नेप्से परिसूचक उच्च गिरावट आएपनि दुई कम्पनीको शेयर कारोबार भने सकारात्मक सर्किट लेभलमा भएको छ । जसमा आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, यता शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी र जोशी हाइड्रो पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा साढे ९ करोडभन्दा बढीको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।