• १५ चैत २०८०, बिहिबार

फिफा वरीयतामा नेपाल आठ स्थान खस्कियो

blog

काठमार्डौं, असार ९ गते । नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो । 

नेपाल हालै कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा पराजित भएपछि वरीयता खस्किएको हो । समूह  ‘ए’ मा रहेको नेपालले सबै खेलमा हार खेपेको थियो । नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो । 

नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो वरीयतामा छ । नेपालमाथि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय चारौं र माल्दिभ्स एक सय ५६औं स्थानमा छ । दक्षिण एसियामा भुटान एक सय ८६औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान एक सय ९६औं र श्रीलंका दुई सय सातौं स्थानमा छ । 

विश्व वरीयताको शीर्षस्थानमा ब्राजिल छ । बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो  इङ्ल्यान्ड पाँचौं स्थानमा छ । शीर्ष १०मा क्रमशः स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क रहेका छन् ।