• ७ वैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनामा एकजनाको मृत्यु, ११ जना घाइते

blog

देवराम प्रसाद यादव

सप्तरी, असार ९ गते । सप्तरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका १ स्थित कङ्कालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५÷६० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो  ।

बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको विराटनगरबाट कटारीसम्मको लागि छुटेको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।