• १२ असार २०८१, बुधबार

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्नुपर्छ : सांसद पण्डित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ९ गते । सांसद लालबाबु पण्डितले सरकारले नागरिकता विधेयक  फास्ट ट्रयाकबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिनुहुँदै सांसद पण्डितले दुई लाख ५० हजारभन्दा बढी युवा नागरिकतासहित पहिचानको खोजीमा रहेको भनाइ राख्नुभयो ।

उहाँले नागरिकता विधेयक पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउनु सरकारसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै, सङ्घीय निजामती विधेयक सरकारले फिर्ता गर्नुपर्ने सांसद पण्डितले बताउनुभयो । उहाँले सङ्घीयता निजामती विधेयक सरकारले फिर्ता गरेर सङ्घीयताको मर्म र प्रशासनलाई तहसनहस बनाउने काममा लागेको आरोप लगाउनुभयो ।