• २५ साउन २०८२, आइतबार

स्याङ्जा अदालतमा छैनन् दुई वर्ष नाघेका मुद्दा

blog

स्याङ्जा जिल्ला अदालत । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, साउन २५ गते ।
स्याङ्जा जिल्ला अदालतमा दुई वर्ष समयावधि नाघेको मुद्दाको सख्या शून्य रहेको छ । अदालतले ३५२ जिम्मेवारी लिएर आएकोमा एक हजार सात नयाँ मुद्दासहित एक हजार ३५९ मा जिम्मेवारी तर्फ ३२८ र नयाँ तर्फ ७१६ गरी एक हजार ४४ मुद्दा फर्छ्यौट भएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो ।

यहाँ अर्को आवका लागि जिम्मेवारी सरेका ३१५ मुद्दामा छ महिना भित्रका २५०, छ महिना देखी एक वर्ष भित्रका ४१, एक वर्षदेखि डेढ वर्षसम्मका १७ र डेढ वर्षबाट दुई वर्षसम्मका सात वटा मुद्दा रहेका र दुई वर्ष नाघेका शून्य रहेको हो । सर्वोच्चको दुई वर्ष समयवधि नाघेका मुद्दा सन्य पार्ने लक्ष्य अनुसार स्याङ्जा जिल्ला अदालत सफल भएको हो ।

स्याङ्जा जिल्ला अदालत अदालत पोखरा उच्च अदालत तर्फको जिल्लामा लक्ष्यभन्दा नौ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेर गण्डकी प्रदेशमै उत्कृष्ठ बनेको हो ।

अदालतले आर्थिक वर्ष २०८१/०८२ मा ६८ प्रतिशत मद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ७६ दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।

पाँच वर्षको तुलनात्मक विश्लेषण गर्दा पनि यो आर्थिक वर्षमा सबैभन्दा धेरै मुद्दा फर्छ्यौट भएको शर्माले बताउनभुयो ।

यहाँ दुनियावादी देवानीतर्फ ८० प्रतिशत, दुनियावादी फौजदारीतर्फ ६६ प्रतिशत, सरकारवादी फौजदारीतर्फ ६८ प्रतिशत, दुनियावादी देवानीतर्फ र सरकारवादी फौजदारीतर्फ सत प्रतिशत सफलता मिलेको जिल्ला न्यायधीश बासुदेव पौडेलले बताउनुभयो ।

यहाँ सबैभन्दा धेरै मुद्दा आधाभन्दा धेरै सम्बन्ध विच्छेदका ५२१ दर्ता भएको र जिम्मेवारी सरेका ८७ सहित ६०८ मद्दाभा ५१८ वटा फर्छ्यौट भएका हुन् ।

यहाँ मेलमिलापको माध्यमबाट १९४ मुद्दामा ३८ वटा अर्थात देशमै सबैभन्दा धेरै २७ प्रतिशत सफल भएको हुन् ।

अदालतबाट सम्पादित सहि काम छन भने तिनका प्रशंसा र गलत काम हुन गएछन भने आलोचना गरिदिन आग्रह पौडेलले आग्रह गर्नुभयो ।