नवीन सुवेदी
सुर्खेत, साउन २४ गते । कर्णाली प्रदेशमा यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस तीन दिनसम्म विशेष रूपमा मनाइने भएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं भुमि व्यवस्था कूषी तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा प्रदेश स्थापना तथा शहीद दिवस मूल समारोह समिति गठन गरिएको छ ।
प्रदेश स्थापना दिवसको पृष्ठभूमिमा २०७२ सालको संविधानसभाबाट सङ्घीयताको खाका सार्वजनिक भएपछि कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेशको स्थापना भएको हो ।
२३ भदौ २०७२ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको प्रस्ताव सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन उत्कर्षमा पुगेको थियो ।
चार जनाले ज्यान गुमाउनुपरेको उक्त आन्दोलनपछि अन्तत: ४ भदौ २०७२ मा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएको थियो ।