• २४ साउन २०८२, शनिबार

ताप्लेजुङ गोल्डकप : सुनसरीको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्स क्लबका खेलाडी । तस्बिर : गोरखापत्र

साहारा लिम्बू 

फुङ्लिङ, साउन २४ गते । तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले विजयी सुरुवात गरेको छ । 

भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा द योङ ब्रदर्स क्लब इटहरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलले हरायो । आइतबार सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबिच प्रतिस्पर्धा हुने छ । 

साउन २७ गते हुने क्वाटरफाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।