सन्तोषी रावल
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकबाल हवारीले जानकारी दिनुभएको छ ।
हवारीका अनुसार, मन्दिरबाट करिब एक घण्टा तल झर्ने क्रममा उनी करिब सात सय मिटर तल खोचमा खसेका थिए ।
अँध्यारोमा बाटोमा हिँड्दा भीरबाट चिप्लिएर खसेको प्रहरीको अनुमान छ । बिहान करिब ८ः३० बजे मात्र घटनाको जानकारी भएको र प्रहरीले उद्धार कार्य अघि बढाएको छ ।
आज बडिमालिका शक्तिपीठमा विशेष पूजा भइरहेको छ भने बुढिनन्दामा पनि पूजा आरम्भ भएको छ ।