• २३ साउन २०८२, शुक्रबार

चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

blog

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), साउन २३ गते । चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा उदयनारायण सापकोटा पुनः निर्वाचित हुनुभएको छ ।

त्यस्तै सङ्घका सदस्यमा अवधेशहरि भट्टराई, पूजन सत्याल, रामचन्द्र सुनार, अनन्तकुमार अधिकारी, चेतबहादुर खड्का, रेखाकुमारी गुप्ता, युवराज कार्की, जगदीप चौधरी, सीताकुमारी थापा, दिवाकर सापकोटा, रोहितप्रसाद बाँस्तोला र गेनबहादुर दर्लामी निर्विरोध निर्वाचित हुनुभएको छ ।

बाँकी चार जना सदस्यको मनोयन तथा अन्य पदाधिकारीको बाँडफाँट कार्यसमितिको पहिलो बैठकबाट हुने निर्वाचित अध्यक्ष सापकोटाले बताउनुभयो । यसैबिच सङ्घमा निर्विरोध निर्वाचित सदस्य रेखाकुमारी गुप्ताले भने राजीनामा दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले आफ्नो प्यानलको अध्यक्ष पदको उम्मेदवारको पराजयको नैतिक जिम्मेवारी लिँदै सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।