• २३ साउन २०८२, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

blog

काठमाडौँ, साउन २३  गते ।  सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु. एक लाख ९९ हजार ४०० पुगेको छ । 

बिहीबार प्रतितोला रु. एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु. एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु. दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । रासस