• २३ साउन २०८२, शुक्रबार

जनप्रिय युवा क्लब मुक्तिनाथ आर्चरी च्याम्पियन

blog

मुस्ताङ, साउन २३  गते । प्रतियोगिता आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम जारी सिजनको खुला यार्तुङ आर्चरी प्रतियोगिता २०८२ को च्याम्पियन बनेको छ । 

आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवाले १५० पूर्णाङ्कमध्ये नौ अङ्क खर्चँदै १४१ अङ्क योगफल जोडेर आर्चरी च्याम्पियन बनेको हो । प्रतियोगितामा मनाङ र मुस्ताङका कूल १६ टिमको सहभागिता थियो । कूल १५ डोरमा खेलाइएको आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट पाँचपाँच जना खेलाडीले भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

यसैगरी यार्तुङ खुला आर्चरी प्रतियोगितामा एनवाइसी मनाङको टोली १३६ अङ्क जोड्दै उपविजेता बनेको छ । यहाँको बारागुङ–५ स्थित शेरधाङ लुम्बुक युथ क्लब फल्याक आर्चरी प्रतियोगितमा तेस्रो स्थान हासिल गरेको छ । फल्याकले निर्धारित १५ डोरमा १३५ अङ्कको योगफल तयार गरेको थियो ।

 योसँगै यहाँको मुक्तिनाथमा आयोजित यार्तुङ खुला आर्चरी प्रतियोगिताको च्याम्पियन जनप्रिय युवा क्लब पुराङ रानीपौवाले नगद रु एक लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एनवाइसी मनाङले नगद रु ६० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ । 

प्रतियोगितामा तेस्रो बनेको शेरधाङ युथ क्लब फल्याकले नगद रु ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । यहाँ आयोजित यार्तुङ खुला आर्चरी प्रतियोगितामा सर्वाधिक अङ्क जोड्ने ब्रदर्श युनाइटेडका बुद्धि बुढाथोकी र आर्चरीको सर्वोत्कृष्ट खेलाडी एनवाइसी मनाङका सोनाम लामा घोषित भए ।

आर्चरी प्रतियोगिता र सेभेन ए साइड फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यहाँको खिङ्गा कन्ट्रक्सन प्रालिले नगद पुरस्कार प्रोयोजन गरेको थियो । रासस